Logo

अन्तराष्ट्रिय कला प्रदर्शनीमा काठमाडौं ट्रिना र बर्जर पेन्टस्ले सहकार्य गर्ने

अन्तराष्ट्रिय कला प्रदर्शनीमा काठमाडौं ट्रिना र बर्जर पेन्टस्ले सहकार्य गर्ने



काठमाडौं । चौथौं काठमाडौं ट्रिनाल अन्तराष्ट्रिय कला प्रदर्शनीका लागी काठमाडौं ट्रिना र बर्जर पेन्टस् नेपालले सहकार्य गर्ने भएको छ । यस सहकार्यमार्फत बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रवर्धन गर्नेछ ।

फाल्गुन १७ देखि चैत १७ सम्म हुन लागेको कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जना कलाकारहरुले आफ्ना ३०० कलाकृतिहरु प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरुमा आफ्ना कलाहरु प्रस्तुत गर्नेछन् ।

काठमाडौँको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिदार्थ आर्ट फाउन्डेसनको पहल स्वरुप यस प्रदर्शनीको पछिल्लो संस्करण सुरु हुनगइरहेको हो । काठमाडौं ट्रिनालेद्वारा त्रैवार्षिक रुपमा अन्तराष्ट्रिय कला प्रदर्शनी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL