Logo

‘फोनपे’को प्रमुख सञ्चालक अधिकृतमा बैंकर सिद्धान्त ठकुरी, बैंकिङ क्षेत्रमा १८ वर्ष बढीको अनुभव

‘फोनपे’को प्रमुख सञ्चालक अधिकृतमा बैंकर सिद्धान्त ठकुरी, बैंकिङ क्षेत्रमा १८ वर्ष बढीको अनुभव



काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुक्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका हुन् । सिओओ ठकुरीले नबिल बैंकमा १८ वर्ष भन्दा धेरै समय काम गरेका हुन् ।

उनीसँग कार्ड तथा डिजिटल पेमेन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । साथै, उनी सेल्स एण्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रमा समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोन पेको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा यस नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL