Logo

कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा, मूल्य जम्मा २५ रुपैयाँ

कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा, मूल्य जम्मा २५ रुपैयाँ



काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा रु.२५ मा १७५ एमएलको आरजीबी(रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको छ ।

यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा नेपाली उपभोक्ताहरुलाई धेरै भन्दा धेरै चोइसेजहरु प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ, चाहे त्यो पेय पदार्थमा होस् या प्याकेजिङमा होस् । र सोहि अनुसार हाम्रो सबैभन्दा सानो र सबैभन्दा कान्छो प्याक कान्छु बोतल जम्मा २५ रुपैँयामा यहाँँहरु सामु ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । फ्यान्टा र स्प्राइटमा पनि उपलब्ध यो प्याकको भरपुर मज्जा हाम्रो उपभोक्ताहरुले लिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

यो नयाँ आरजीबी(रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको छ ।’

आफ्ना स्थानीय उपभोक्ताहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने ब्रान्डको दृढ प्रतिबद्धता अनुसार कोका–कोलाले नेपाली उपभोक्ताहरूको लागि नेपाली नामसहित प्याकहरू ल्याइरहेको छ । कान्छु बोतल जस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो जुन हल्का भएकोले जहाँसुकै बोक्न र जुनसुकै समयमा पिउन उपभोक्तालाई सजिलो थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL