Logo

नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्न सकिने, क्यासब्याक पनि पाइने

नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्न सकिने, क्यासब्याक पनि पाइने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम अनलाइनबाट तिर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटबाट बीमा प्रिमियम गर्न सकिने भएको हो । साथै खल्तीबाठ बीमा प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पनि पाइने कम्पनीले जानकारी दिएको छ ।

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ। प्रयोगकर्ताले १०% क्यास्ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:

  • ‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
  • नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
  • “DOB” र “Policy Number ” भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL