Logo

नर्भिक अस्पतालले पायो आईभीएफ सञ्चालन अनुमति, जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध

नर्भिक अस्पतालले पायो आईभीएफ सञ्चालन अनुमति, जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी९आईभीएफ० सेवा सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।

अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी ९आईभीएफ० सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । उनले भने, ‘तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आईभीएफ सेन्टर सञ्चालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।’

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आईभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा सञ्चालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आईभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आईभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एक मात्र आईभीएफ सेन्टर पनि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL