Logo

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने, वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने, वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता



काठमाडौं ।  इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नीति निर्माण, प्रवद्र्धन र उद्यमशिलता विकासका लागि काम गरिरहेको ‘दायित्व नेपाल’लाई सहयोग गर्ने भएको हो । वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको हो ।

नीति अनुसन्धान सम्बन्धी सम्झौतामा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक शसक्तीकरण, मुल्य श्रृखंला र शासन सुधारलगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धामार्फत रिसर्च फेलो छनोट गरिन्छ । साथै, उनीहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह–सचिवस्तरका अधिकारीहरुको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन् । ५ सांसद र सम्बन्धित मन्त्रालयका ५ अधिकारीहरुको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिष्पर्धा गरिने दायित्व नेपालले जनाएको छ ।

वर्ल्डलिंकका अध्यक्षले स्वदेशभित्र उद्यमशिलता विकासका लागि सहयोग पुर्याउनका यो फेलोसिप सहयोग गरेको बताए । उनले भने, ‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने युवालाई नेपालमै काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशिलता विकास गर्नका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौ । यसले नेपालमै उद्यमशिलता गर्नका लागि युवा वर्गलाई प्रेरणा दिन सहयोग पुर्याउने बताए ।
यस्तै, दायित्व नेपालका अध्यक्षले भने,‘यो सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक सुशासन अभिवृद्धिसँगै युवालाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउने बताए ।

वर्ल्डलिंक सन् १९९५ मा स्थापना भएको नेपालका ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदान गर्ने नीजि क्षेत्रको कम्पनी हो भने दायित्व नेपाल सन् २०१३ देखि हालसम्म ५१ संघ, प्रदेश र स्थानीय सरकारका साथै २४ सांसदसँगको सहभागितामा उद्यमशिलता विकासका लागि नवीनता, ऋणमा पहुँच र सहकार्यका लागि ३० देशका १४१ युवासँग काम गरिसकेको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL