Logo

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी अब ‘खल्ती’ बाटै भुक्तानी गर्न सकिने

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी अब ‘खल्ती’ बाटै भुक्तानी गर्न सकिने



काठमाडौं । अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ डिजिटल वालेटले काठमाडौं महानगरपालिकाको कर घरमै बसेर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएसँगै जग्गा, घरभाडा, सवारी साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिन्छ ।

यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेमा हामी विश्वस्त छौ । साथै, अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने बताए ।

करदाताले निम्न तरिकाअनुसार भुक्तानी गर्न सक्नेछन् ।
– यो सुविधा लिनु पूर्व करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनुपर्छ ।
– दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो यूजर नाम र पासवर्ड दाखिला गरि लग–इन गर्न सकिन्छ ।
– करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुन्छ ।
– आफूले तिर्ने करको छनोट गरेर कर मूल्याङ्कन हुन्छ ।
– सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सकिन्छ ।

खल्ती नविन पहिचान बोकेको ब्रान्ड हो । यसका २० लाखभन्दा बढि प्रयोगकर्ता छन् । यसले मोबाइल, टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, वीमा प्रिमियम र अनलाइन सपिङमा भुक्तानी गरि ६० हजार बढीलाई सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यास ब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL