Logo

दराजको सेलिब्रेट लभ अभियानको घोषणा, हिराको झुम्का र औँठी जित्न मौका

दराजको सेलिब्रेट लभ अभियानको घोषणा, हिराको झुम्का र औँठी जित्न मौका



काठमाडौं । दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ। यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औँठी जित्न मौका पाउनेछन्।

अभियानको अवधिभर ग्राहकहरूले एप्पल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६०% सम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले “ह्यान्ड पिक्ड गिफ्ट्स“ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन्।

यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ। मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरूले १ रुपैयाँमा निम्न मद्दे कुनै एक पुरस्कार जित्नको लागि भाग लिन सक्नेछन्, साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन। भाग लिनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्टको मध्यमबाट रु १ प्रीपे गर्नु पर्नेछ। यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL