Logo

आइएमईद्वारा राष्ट्रिय फुटबल टीम सम्मानित, जनही २५ हजार प्रदान

आइएमईद्वारा राष्ट्रिय फुटबल टीम सम्मानित, जनही २५ हजार प्रदान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आईएमई ग्रूपले बंगबंधु गोल्डकपमा जिताउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई सम्मान गरेको छ । आइएमई तथा ग्लोबल आइएमई बैंकले प्रोत्साहन स्वरूप उनीहरुलाई नगद सहित सम्मान गरेको हो ।

आईएमईले खेलाडी तथा पदाधिकारीलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । कम्पनीले सातदोबाटो स्थित एन्फा हाउसमा आज एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो ।

आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्व एवं अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा उक्त सम्मान दिइएको थियो । साथै, आगामी दिनमा खेल क्षेत्रमा आफु र आफु सम्बद्ध कम्पनीले सहयोग गर्दै जाने अध्यक्ष ढकालले जानकारी दिए । बैंकले कुनै पनि राष्ट्रिय टीमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरेको छ ।

ime-group

सम्मान कार्यक्रमलाई कार्यकारी निर्देशक हेम राज ढकाल, ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका टिम कप्तान विराज महर्जन र प्रमुख प्रशिक्षक वालगोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL