Logo

अध्ययन प्रतिवेदन भन्छ, सेज संचालनका लागि कार्यविधी होइन, कानुन चाहिन्छ

अध्ययन प्रतिवेदन भन्छ, सेज संचालनका लागि कार्यविधी होइन, कानुन चाहिन्छ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) संचालनका लागि कानुनै ल्याउनुपर्ने सम्बद्ध व्यवसायीहरुले बताएका छन् । उद्योग मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनले सो कुरा देखाएको हो ।

केही समय अघि उद्योग सचिव सुर्यप्रसाद सिलवालको नेतृत्वमा गरिएको अध्ययन तथा अनुगमन प्रतिवेदनले सेज सहज रुपमा संचालन गर्न तत्काल ऐन नै ल्याउनु पर्ने बताएको छ । उद्योग मन्त्रालयले सेज संचालनका लागि भैरहवा स्थित सेज क्षेत्र आसपासका उद्योगी तथा विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छमलफल तथा अन्तरक्रिया गरेको थियो ।

मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रायजसो व्यवसयीले समय सापेक्ष भाडादर निर्धारण गरी तत्काल संचालन गर्न आग्रह गरेका थिए । साथै, बढ्दो लोडसेडिङको बेला सेजमा छुट्टै फिडर जडान गरी विजुलीको व्यवस्था मिलाउन समेत आग्रह गरेका थिए ।

ऐन ल्याउन केही समय लाग्ने भएकाले तत्कालका लागि कार्यविधि बनाएर अघि बढ्न सुझाव दिइएको मन्त्रालयले जानकारी दिएको छ । साथै, सेज भित्रका उद्योगका लागि छुट्टै ऐन बनाएर श्रम सम्बन्ध सुधार गर्नुपर्ने उद्योगीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL