Logo

शर्मा भन्छन्, सक्षम नेता नुहँदा देश असफल भयो, सोलारमार्फत विजुली उत्पादन गर्दै देउराली जनता

शर्मा भन्छन्, सक्षम नेता नुहँदा देश असफल भयो, सोलारमार्फत विजुली उत्पादन गर्दै देउराली जनता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बढ्दो लोडसेडिङका कारण औषधि उद्योगहरु समस्यामा परेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए । ‘बढ्दो लोडसेडिङ तथा डिजेल अभावका कारण उद्योग संचालन गर्न सकिएको छैन,’ कम्पनीको रजत जयन्ती समारोहको अवसरमा उनले भने, ‘जसले गर्दा बजारको माग अनुसार औषधि उत्पादन गर्न सकेका छैनौं ।’

लोडसेडिङको कारण उद्योग कलकारखाना संचालनमा समस्या परेको भन्दै यदि सरकारले जग्गा उपलब्ध गराएमा सोलार मार्फत सिमित क्षेत्रका लागि आवश्यक विजुली उत्पादन गर्न तयार रहेको उनले जानकारी दिए । ‘सरकारले खाली जग्गा दिने हो भने आफ्नो उद्योगका लागि आवश्यकमात्र नभई यस क्षेत्रकै लागि बिजुली उत्पादन गर्न तयार छु,’ उनले भने । साथै, देश संचालनका लागि सक्षम नेता नभएकाले देश असफलतातर्फ उन्नमुख भएको समेत उनले बताए ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालको औषधि देउराली जनताले सफलता हाल पारेको भन्दै शुभकामना व्यक्त गरे । हाल लोडसेडिङ लगायतका समस्याले गर्दा औषधि लगायतका उद्योगहरु ठूलो मारमा परेको बताउँदै यस सम्बन्धमा सरकारले चाडो निकास दिनुपर्ने बताए ।

देउराली जनताले अहिले पनि नेपाली बजारमा कुल खपत हुने औषधिको ५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिँदै आगामी दिनमा यसको दायरा फराकिलो बनाउन लागेको समेत उनले बताए । ‘नेपाली औषधि कम्पनीहरुले नेपालका लागि आवश्यक औषधि स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता बनाइसकेका छन्,’ उनले भने, ‘तर, सरकारले यसलाई प्रवद्र्धन गर्नका लागि कुनै कदम चाल्न सकेन ।’ सरकारले औषधि उत्पादनका लागि जथाभावी लाइसेन्स दिएको भन्दै आगामी दिनमा यसलाई न्युनिकरण र अनुगमन गरिनुपर्ने उनले बताए ।

हाल कम्पनीले विभिन्न ५ डिभिजन मार्फत ३ सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । भारतीय नाकाबन्दीका कारण भएको इन्धन अभाव र बढ्दो लोडसेडिङका कारण उत्पादनमा गिरावट आएको समेत उनले जानकारी दिए । ‘अहिले उत्पादनका ५० प्रतिशतले गिरावट आएको छ भने बजार ३५ प्रतिशतले घटेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL