Logo

रन सूले ल्यायो नयाँ मोडलका जुत्ता, न्युनतम ६ महिनाको वारेन्टी

रन सूले ल्यायो नयाँ मोडलका जुत्ता, न्युनतम ६ महिनाको वारेन्टी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रन सूले नेपाली बजारमा नयाँ मोडलका जुत्ता ल्याएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा आफनो उत्पादन विक्रि गर्दै आएको रनले थप नयाँ मोडलका जुत्ता ल्याएको हो ।

कम्पनीले मोडलका जुत्ताहरुमा पार्टी सूका ११ मोडल, क्याजुयल शुजका ३ मोडल र स्पोर्ट सूका २ मोडल सार्वजनिक गरेको छ । विशेषतः पार्टि शूका नयाँ मोडलहरु माघ र फागुन महिनाको विवाह सिजनलाई गर्दै बजारमा ल्याईएको रन सुका निर्देशक मुक्ती पनेरुले जानकारी दिए । ‘हाल विद्यमान राष्ट्रिय कठिनाईका बाबजुत बजारमा कसैको पनि खासै नयाँ उत्पादन नआईरहेको अवस्थामा रन सू ले ग्राहक बर्गलाई मध्यनजर गर्दै नयाँ गुणस्तरीय र फेशनेबल जुत्ताका मोडलहरु बजारमा ल्याएको छ,’ निर्देशक पनेरुले भने, ‘रन ब्राण्डका यी जुत्ताहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुने छ ।’

रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउन लागीएको कम्पनीले जनकारी दिएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ५ सय ९५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ ।

हाल रन ब्राण्डका जुत्ता तथा चप्पल देशको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन सूको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र ५ वटा आधिकारिक शोरुम रहेको छ । कम्पनीले गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL