Logo

पोखरा फाइनान्स र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता, सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

पोखरा फाइनान्स र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता, सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडलाई पोखरा फाइनान्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरे । २०७८ पुस ५ गतेदेखि लागू हुनेगरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायत कार्यहरू गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL