काठमाडौं । गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ ।
उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर वार्मर बियर सहजै पिउन सकिने र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
पाँच प्रतिशत अल्कोहलयुक्त फायरमूनको ३३० मिलिलिटर बोतलको मूल्य १८० रुपैयाँ तोकिएको छ । सो बियर पुल–अफ क्याम्पको साथ आउने हुनाले उपभोक्ताले सजिलै बोतल खोल्नसक्ने पनि कम्पनीको दाबी छ ।