Logo

एनआईबिएल एस क्यापिटलको च्याटबोट सेवा सञ्चालन, ग्राहकहरुलाई भौतिक उपस्थिति बिना नै सेवा लिन सहज

एनआईबिएल एस क्यापिटलको च्याटबोट सेवा सञ्चालन, ग्राहकहरुलाई भौतिक उपस्थिति बिना नै सेवा लिन सहज



काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवा बाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणालीमार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना० का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL