Logo

कनेक्ट आईपीएसबाट पैसा पठाउँदा लाग्ने शुल्क घट्यो, अब कति लाग्छ शुल्क ?

कनेक्ट आईपीएसबाट पैसा पठाउँदा लाग्ने शुल्क घट्यो, अब कति लाग्छ शुल्क ?



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न क्लियरिङ्ग हाउसले शुल्क घटाएको जनाएको छ ।

एनसीएचएलका अनुसार नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज गर्न मंसिर ७ गतेदेखि कम भुक्तानीबापतको शुल्क घटाएको हो। यसअघि रकमको आधारमा न्यूनतम २ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था थियो ।

अब भने ग्राहकले ५ सयसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २, र ५ सयभन्दा माथि ५ हजारसम्म प्रतिकारोबार शुल्क ४ र ५ हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ मात्रै तिरे पुग्छ। यसले ग्राहकलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब, मोबाइल एप, बैंकरवित्तीय संस्थाका मोबाइलरइन्टरनेट बैंकिङ वालेटमा फन्ड लोडरविड्रलगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने एनसीएचएलले जनाएको छ।

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क २ देखि ५ कायम थियो। हालै नेपाल राष्ट्र बैंकबाट बैंकरवित्तीय संस्थाको मोबाइल बैंकिङमा कारोबर शुल्क १० देखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो। संस्थाका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ।

त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ खर्ब ३ अर्ब रुपैयाँ छ। कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL