Logo

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालद्धारा चेक हस्तान्तरण

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालद्धारा चेक हस्तान्तरण



काठमाडौं । आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरिएको छ । भाग्यशाली विजेतालाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनोट गरेका थिए ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत १ लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा अर्थात् १२ लाख ५२ हजार प्राप्त गरेका हुन् ।

गत असोज गते १ देखि कात्तिक २६ (तदनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमूखी अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका थिए । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा रू २ सय तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएका थिए ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको थियो । सेवा र शर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL