Logo

बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जीई फेस्ट गर्दै, लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने

बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जीई फेस्ट गर्दै, लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने



काठमाडौँ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।

महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ । यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ ।

साथै अन्य कलाकारहरुमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन् । नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यहि कार्यक्रमद्धारा पहिलो पटक आफ्ना श्रोता सामु आउँदैछन् ।

इभेन्टको प्रवेश शुल्क ५०० तोकिएको छ भने विषेश गरि आईएमई एप बाट पनि गर्न सकिने छ । बिहान ११ ः ३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL