Logo

वाइवाइ डायनामाइट ब्रेक बार्स सम्पन्न, दिमृति बनिन अन्तिम विजेता

वाइवाइ डायनामाइट ब्रेक बार्स सम्पन्न, दिमृति बनिन अन्तिम विजेता



काठमाडौं । यस वर्षको वाइवाइ डायनामाइट ब्रेक बार्स सम्पन्न भएको छ । शोको फाइनल २५ नोभेम्बर २०२१ मा क्लब फरेनहाइटमा भएको थियो र वाइवाइको आधिकारिक यू ट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा क्लबमा लगभग ८०० जनाले उपस्थित भएका थिए । लाइभमा लगभग ३६ हजार ४८ व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा भिटेन र सुशान्त खत्रीजस्ता सेलिब्रेटी अतिथिहरूका उपस्थिति चर्चाको विषय बनेको थियो । कार्यक्रममा अन्य तीन नियमित निर्णायकहरूसँगै युनिक पोय्ट र केटीएम सौल्झा अतिथि निर्णायक थिए ।

दिमृतिले स्वप्निललाई हराएर शोको अन्तिम विजेता बनिन् । त्यसैगरी बाबुले हरीपलाई पराजित गर्दै वाइल्डकार्ड जितेका छन् । वाइवाइ डायनामाइट ब्रेक बारस् एक र्याप रियालिटी शो हो । यसले नेपालभरका शीर्ष १६ र्‍यापरहरूसँग आफ्नो यात्रा सुरु गरेको थियो। इजी टूव्लेभ, इज इज इजी र डिजे विताल निर्णायक मण्डली थिए । शो पहिलो पटक २१ सेप्टेम्बर २०२१ मा प्रिमियर भएको थियो ।

कार्यक्रम ब्रेक स्टेशन र वाइ वाइको यूट्यूब च्यानलमार्फत एकैसाथ प्रसारण हुन्छ। प्रत्येक राउण्ड विजेताका लागि नगद राशिको पुरस्कार थियो। पहिलो राउण्डका आठैजना विजेतालाई नगद राशि ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी, क्वार्टरफाइनलका चारै विजेताले २२ हजार नगद राशि र सेमिफाइनलका विजेतालाई ३३ हजार नगद राशिको पुरस्कार थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL