Logo

नेपालगन्जमा पनि खुल्यो गार्डेन मार्ट, २८० जनालाई प्रत्यक्ष रोजगारी

नेपालगन्जमा पनि खुल्यो गार्डेन मार्ट, २८० जनालाई प्रत्यक्ष रोजगारी



काठमाडौं । गार्डेन मार्ट नेपालगन्जमा पनि सुरु भएको छ । नेपालगञ्जमा ‘गार्डेन मार्ट’ ले यसका १४ औं शाखा सञ्चालनमा ल्याइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।

पश्चिम नेपालको व्यवसायिक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीको आफ्नै भवनमा मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए ।

अध्यक्ष शर्माका अनुसार हाल दुई सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताए ।

‘मोफसलका ग्राहकलाईसमेत एउटै छानामुनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हौ’ अध्यक्ष शर्माले भने । उनका अनुसार मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’

यो मार्टमा उपकार ब्रान्ड लगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू पाइन्छन् । गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि मार्टमा विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुटको समेत व्यवस्था गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पु¥याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमासमेत लागानी विस्तार गरिरहेको छ । उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सबै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL