Logo

मंगलम पाइप्सले गोलगढमा गर्‍यो सरसफाइ, वातावरण संरक्षण सहयोग पुग्ने

मंगलम पाइप्सले गोलगढमा गर्‍यो सरसफाइ, वातावरण संरक्षण सहयोग पुग्ने



काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनी पहिलेदेखि नै अग्रसर रहेको थियो ।

मङ्गलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरू व्यवस्थापन गर्नको लागि डस्ट्बिनको स्थापना गर्दै आइरहेको छ ।

यो शुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ । फिटिङ्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी पोलिमर पाइपिङ प्रणाली निर्यात समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्