Logo

आन र एनटिपि टुरिजम अफेयर्स कलेलबीच सहकार्य सम्झौता, आनसम्बद्धले यस्तो सुविधा पाउने

आन र एनटिपि टुरिजम अफेयर्स कलेलबीच सहकार्य सम्झौता, आनसम्बद्धले यस्तो सुविधा पाउने



काठमाडौं । नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबिए कार्यक्रम अध्यापन गराउने एनटिपि टुरिजम अफेयर्स कलेज र नेपाल विज्ञापन एजेन्सी संघ(आन) बीच सम्झौता भएको छ ।

आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा विक्रि सम्वन्धि अल्पकालिन तालिम तथा दिर्घकालिन कोर्सहरु उपलव्ध गराउने समझदारी पत्रमा आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा आनका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठबाट मंसिर ६ गते सोमबार संयुक्त रुपमा हस्ताक्षर गरियो ।

एनटिपि टुरिजम अफएर्स कलेजले थाइल्याण्डको श्रीपातुम युनिभर्सिटिको सम्वद्धन र नेपाल सरकारको स्विकृती तथा त्रिभुवन बिश्वबिद्यालयको समकक्षता सहित डिल्लिबजार काठमाडौमा सञ्चालित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्