Logo

शाओमीको इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

शाओमीको इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा



काठमाडौं । विश्वस्तरिय ब्रान्ड शाओमीले नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक कम्प्रेसरका साथमा मी एयर प्युरिफायर–३ ल्याएको छ । कम्पनीले १५० पीएसआइ रेटिङ भएको टायरहरूको लागि उपयुक्त पकेट साइजमाको शक्तिशाली वायरलेस एयर कम्प्रेसर र ट्रिपल लेयर फिल्टरेशन सहितको शाओमीको नवीनतम स्मार्ट एयर प्युरिफायर – मी एयर प्युरिफायर–३ बजारमा ल्याएको हो ।

प्रोडक्ट सार्वजनिक गर्दै आयातकर्ता ग्लोबल टेक्नोलोजीले छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी रहने दाबी गरेको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो जसको सहायताले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सक्ने कम्पनीले बताएको छ । त्यस्तै गरि मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर रहेको कम्पनीको भनाई छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेशन युक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो जसले ९९.९७ प्रतिशतसम्म सुक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्दछ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ र यसमा करेन्ट- प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट¬–इन २००० एमएएचको लिथियम ब्याट्री रहेको छ ।

यस उपकरणले ०–१५० पीएसआई सम्मको कुनै पनि टायर फुलाउन सक्छ जसले कार, मोटरबाइक, साइकल लगायत फुटबल÷बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य ५ हजार ९९९ रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै गरि मी एयर प्युरिफायर–३ को मुल्य २३ हजार ४९९ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL