काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदका कारण अर्थ मन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।
बिदाइ कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरू सिक्न पाएको उल्लेख गरे । संचालक साउदले आफनो कार्यकालमा गरेको सहयोगको लागि सबै संचालकहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्यााएको सहयोगको सराहना गरे । संस्थाको कार्यलाई विधिसम्मत अघि बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।