Logo

शाओमीको मी टिभी र फोन किन्दा आकर्षक छुट, कति पाइन्छ छुट ?

शाओमीको मी टिभी र फोन किन्दा आकर्षक छुट, कति पाइन्छ छुट ?



काठमाडौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन ‘पोको एफ ३ जीटीर’ मी टिभिमा पाँच हजार रुपैयाँ बराबरको छुट ल्याएको छ । कम्पनीले सेवाग्राहीको मागअनुसार पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो ।

टुर्बो एमोलेड डिस्प्ले चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको छ । यो स्मार्टफोनमा म्याग्लेवट्रिगर भएकोले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिने कम्पनीले बताएको छ । यही कारण यो स्मार्टफोन गेम खेल्ने र नखेल्ने दुवै बर्गको लागि उत्कृष्ट छनोट हो ।

यस्तै, कम्पनीको मी टेलिभेजिनमा डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन् छ । एन्ड्रोइडमा चल्ने यो टिभिमा रेकमेन्डेसन् सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्छ । ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल पनि जम्मा ४ किलोग्राम मात्र रहेको छ ।

मूल्य छुटसँगै पहिला ५६ हजार ९९९ रुपैयाँ मुल्य भएको ‘पोको एफ ३ जीटी’को मूल्य ५१ हजार ९९९ रुपैयाँमा आएको छ । यस्तै, पहिला ३४ हजार ९९९ रुपैयाँ मूल्य भएको मी टिभिको मूल्य २९ हजार ९९९ पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL