Logo

शिखर इन्स्योरेन्स १८ औं वर्षमा, चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ पुग्यो

शिखर इन्स्योरेन्स १८ औं वर्षमा, चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ पुग्यो



काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो ।

१० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी २२८ करोड पुग्ने छ । कम्पनीले हाल देशभर १०५ वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL