Logo

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आजदेखि शुरु, टेष्ट ड्राइभ गर्नेलाई पनि आकर्षक गिफ्ट ह्याम्पर

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आजदेखि शुरु, टेष्ट ड्राइभ गर्नेलाई पनि आकर्षक गिफ्ट ह्याम्पर



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आादेखि शुरु भएको छ । कम्पनीले मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गरेको हो ।

ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

सिप्रदीका अनुसार एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी साट्दा आकर्षक मूल्याङ्कन र आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आकर्षणहरू पनि रहेको आयोजक सिप्रदीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL