काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको सामसुङ्ग मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको दोस्रो लक्की ड्र मंगलबार सम्पन्न भएको छ । जुन लक्की ड्रमा यही नोभेम्बर ६ तारिखदेखि १२ तारिखसम्मको अवधिलाई समेटिएको छ ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ्ग मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरुले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ । अतः मंगलबार गरिएको लक्की ड्रमा यही ६ देखि १२ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसुङ्गको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार मंगलबारको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भनें अब बाँकी ३ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।
सम्पन्न लक्की ड्र संचारकर्मीहरु, आमन्त्रित व्यक्तित्वहरु र ग्राहकहरु एवं बिक्रेताहरुको समुपस्थितिमा गरिएको थियो । विजेताहरुको सिरियल नम्बर मंगलबारै सामसुङ्गको फेसबुक पेजमा प्रकाशित गरिएको छ र विजेतालाई ७ दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दावी गर्न हुन पनि अनुरोध गरिएको छ ।
‘हामी सधैं ग्राहकहरुसँगको सम्बन्ध नवीकरण गरिरहन लालायित छौं र यसै क्रममा नै हामीले यो ५ ग्राम सुनको सिक्का उपहार योजना संचालन गरेका हौं । यस योजनामा ग्राहकहरुले देखाउनु भएको उत्साह र सहभागीताले हामीलाई हौसला प्रदान गरेको छ । आजका विजेताहरु सबैलाई बधाई दिन चाहन्छु ।’ सामसुङ्ग मोबाइलका निर्देशक प्रनय रत्न स्थापित ले भनेका छन् । ५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसुङ्ग मोबाइल वा ट्याब खरिद गरि योजनामा सहभागिता जनाउनुहोस् ।