Logo

कोकाकोलाद्वारा भाइबरसँग साझेदारी, भाइबर प्रयोगकर्तालाई यस्ता सुविधा उपलब्ध

कोकाकोलाद्वारा भाइबरसँग साझेदारी, भाइबर प्रयोगकर्तालाई यस्ता सुविधा उपलब्ध



काठमाडौँ । कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मील्सको थिमअन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी ९एआर० भाइबर लेन्स ‘फूड र्‍यान्डमाइजर’को लन्च गरेको छ । नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यो फिल्टरको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्‍यान्डम्ली जेनेरेट हुने जनाएको छ ।

जेनेरेट भएको एउटा कोक एन्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्ने र कम्बो किनिदिन अनुरोध गरी आफूले चाहेका व्यक्तिलाई पठाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL