काठमाडौं । सावित्री कन्चनजङ्गा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।
उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘ह्याप्पीनेस किट’ उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरु उपस्थित थिए।