Logo

सिभिल लघुवित्तको दसौँ वार्षिक साधारणसभा, २० प्रतिशत लाभांश पारित

सिभिल लघुवित्तको दसौँ वार्षिक साधारणसभा, २० प्रतिशत लाभांश पारित



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ ।लघुवित्तको दसौँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको हो ।

संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL