Logo

खल्तीको सीईओमा विनय खड्का नियुक्त, वित्तीय क्षेत्रमा अनुभव

खल्तीको सीईओमा विनय खड्का नियुक्त, वित्तीय क्षेत्रमा अनुभव



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय खड्का नियुक्त भएका छन् ।

एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख रहेर काम गरेका चाटर्ड एकाउन्टेन्ट खड्का खल्तीको सीईओ भएका हुन् ।

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीका रुपमा खल्तीले २०१७ बाट सेवा सूरु गरेको थियो । एनआईसी एसियाबाट वित्तीय क्षेत्रमा करियर सुरु गरेका खड्काले केही समय ईसेवामा समेत काम गरेका थिए ।

खल्तीमा २३० भन्दा बढी युवा रोजगारीमा रहेका छन् । खल्तीले आफ्नो सेवा विस्तार र विविधिकरण गर्दै लैजाने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL