Logo

खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक, ब्लेन्ड र स्वाद भने उस्तै

खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक, ब्लेन्ड र स्वाद भने उस्तै



काठमाडौँ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । शुक्रबार कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौँमा एक समारोहका बीच नयाँ प्याक सार्वजनिक गरिएको हो ।

कम्पनी स्थापनाको ६२औँ वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी वातावरणमैत्री रुपमा बजारमा ल्याइएको कम्पनील‍े बताएको छ ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरे । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL