Logo

सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा, मिदाससँग सहकार्य

सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा, मिदाससँग सहकार्य



काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्श लिन मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको टेक्नोलोजिजले दावी गरेको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत बताइएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
सूचना प्रविधि कम्पनी मिदासले दुई दशकदेखि अस्पतालका सेवालाई प्रविधिमैत्री बनाउने काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्