Logo

झापामा जेसीबीको सुविधासम्पन्न आउटलेट : सेल्स, सर्भिस र स्पेयरको सुविधा

झापामा जेसीबीको सुविधासम्पन्न आउटलेट : सेल्स, सर्भिस र स्पेयरको सुविधा



काठमाडौँ । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

जेसीबीको यो ३५औँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तरराष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए ।

जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायतका उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL