Logo

मदिरा र सुर्तीजन्य पादर्थको विज्ञापन गर्न रोक, होर्डिङ बोर्ड समेत हटाउन निर्देशन

मदिरा र सुर्तीजन्य पादर्थको विज्ञापन गर्न रोक, होर्डिङ बोर्ड समेत हटाउन निर्देशन



काडमाडौं । नेपाल विज्ञापन बोर्डले मदिरा, सुर्ती र सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक लगाएको छ । जनस्वास्थ्य सेवा एने २०७५ को दफा ४५ को उपदफा १ बमोजिम मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थको लगायत मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाईने छ्रैन । सोही अनुरुप बोर्डले विज्ञापन नियमन गर्ने ऐन २०६७ को दफा ५ बमोजिम त्यस्ता विज्ञापनको प्रचारप्रसारमा रोक लगाएको हो ।

चाडबाडको समयमा कतिपय पत्रपत्रिका लगायत संचालमाध्यमहरुमा प्रचलित कानून विपरित मदिराको विज्ञापन प्रसारण गरेको पाईएको र सोही अनुरुप देशका विभिन्न स्थानमा होर्डिङ बोर्ड समेत राखेको पाईएकाले तत्काल हटाउन निर्देशन दिएको छ । साथै उक्त सुचनालाई वेवास्ता गरी नहटाएको खण्डमा कारबाही प्रक्रिया अघि बढाइने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्