Logo

ट्राङ्लो र इसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता¸ इसेवामार्फत नेपालमा रकम पठाउन सकिने

ट्राङ्लो र इसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता¸ इसेवामार्फत नेपालमा रकम पठाउन सकिने



काठमाडौं । रेमिट्यान्स् बजारमा पछिल्ला दिनमा बलियो उपस्थिती जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ । साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ । साथै ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दारु.७७ को वालेट बोनस प्राप्त हुनेछ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ ।

ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले भने, ‘ट्राङ्लाृे जस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ। यसले हाम्रो नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांस बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ ’।

सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ । जसले एयरटाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ । विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुखकार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन् ।

इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL