Logo

सर्वाेत्तम सिमेन्ट र ठेकेदारहरुबीच भेटघाट, सिमेन्टको गुणस्तरबारे जानकारी

सर्वाेत्तम सिमेन्ट र ठेकेदारहरुबीच भेटघाट, सिमेन्टको गुणस्तरबारे जानकारी



काठमाडौं । सर्वाेत्तम सिमेन्टले ठेकेदारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न ईन्जिनियर तथा ठेकेदारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त भेटघाट कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ईन्जिनियर अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारी दिएका थिए । यस्तै सिमेन्टको खपतको व्यवस्थापन, उपयोगितालगायतका विषयमा पनि जानकारी दिईएको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपीयन भिआरएम प्रविधिबाट सिमेन्ट निर्माण गर्ने नेपालकै पहिलो उद्योग भएको बताए । उनले उक्त सिमेन्ट आईएसओ प्रमाणीत भएकोसमेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL