Logo

कात्तिक २६ देखि फुटवेयर बिजनेस एक्स्पो हुँदै, ३० वटा कम्पनीका ६० वटा स्टल रहने

कात्तिक २६ देखि फुटवेयर बिजनेस एक्स्पो हुँदै, ३० वटा कम्पनीका ६० वटा स्टल रहने



काठमाडौं । यही कात्तिक २६ गतेदेखि एफम्यान फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा कात्तिक २६ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ सो मेला मंसिर १३ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ । हरेक वर्ष संचालन हुँदै आएको यस एकस्पो विगत २ वर्षदेखि कोभिडको कारण हुन सकेको थिएन ।

क्स्पोमा ३० वटा कम्पनीका ६० वटा स्टल रहने एशोसिएसले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL