Logo

एसटीसीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३०० सम्म क्यासव्याक पाइने

एसटीसीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३०० सम्म क्यासव्याक पाइने



काठमाडौँ । एसटीसीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० सम्म क्यासव्याक पाइने भएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सक्ने कम्पनीले जनाएको छ।

दीपावलीको अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म यो योजना लागू हुने एसटीसी कम्पनी लेजनाएको छ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्युआर नेटवर्कको सदस्य वालेट आइएमई पे, प्रभू पे, क्यु पे, मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुने कम्पनीले जनाएको छ ।

नेपालमा स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई सघाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL