Logo

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता



काठमाडांै । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।

यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ ।

अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ ।

यसै गरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL