Logo

शिवम् सिमेन्टको छैठौं वार्षिक साधारण सभा सम्पन्न, २९ प्रतिशत लाभांश पारित

शिवम् सिमेन्टको छैठौं वार्षिक साधारण सभा सम्पन्न, २९ प्रतिशत लाभांश पारित



काठमाडौँ । शिवम् सिमेन्टको छैठौं वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार सम्पन्न भएको छ । शिवम् सिमेन्ट लिमिटेड पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वार्षिक साधारण सभा मँगलबारका कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्तावलाई पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड २९ लाख रुपैयाँ रहेको छ ।सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आर्थिक वर्ष २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

साधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्टार सिद्धार्थ क्यापिटल मार्फत नगद लाभाशं वतरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगर्नु भएको भए अद्यावधिक गरी नगद आभाशं लिन कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL