Logo

ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने

ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने



काठमाडौं । अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले तिहार–२०७८ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजना घोषणा गरेको छ । योजना अन्तर्गत उपभोक्ताले नोभेम्बर १ देखि ७ सम्म ओपोका स्मार्टफोनलगायत आइओटी उत्पादन खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्थानीय महान चाडहरू उपभोक्तासँग खुशी साट्दै मनाउने सोचसाथ आफूहरूले समय समयमा विभिन्न उपहार योजनाहरूको घोषणा गर्दै आइरहेका र ओपो तिहार योजना यसैको एक अभिन्न अंग भएको ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले बताए ।

क्याम्पेन अवधिभर ओपोका कुनैपनि उत्पादन खरिद गरी उपभोक्ताले ‘तिहार उपहार योजना’ मा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले ओपोको वेबसाइटमा गएर वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरू उपलब्ध गराउनु पर्ने ओपोले जानकारी दिएको छ ।

ओपोका अनुसार सहभागी मध्येबाट लक्की–ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताहरूले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न र विजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्