Logo

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित



काठमाडौं ।  चन्द्रागिरि केबलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक शाहलाई आज आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरेका हुन् ।

बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवा क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा देखिनेगरी योगदान गरेकाले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहलाई सम्मान गरिएको नेपाल च्याप्टरका प्रमुख सागर कटुवालले जानकारी दिए । काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकास र विस्तारमा चन्द्रागिरि केबलकारले महत्वपूर्ण योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL