Logo

चेरी टिग्गो ४ प्रो एसयूभी कार नेपाली बजारमा, तीन भेरियन्टमा उपलब्ध

चेरी टिग्गो ४ प्रो एसयूभी कार नेपाली बजारमा, तीन भेरियन्टमा उपलब्ध



काठमाडौं । शारदा ग्रुप अन्तर्गतको कम्पनी एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गो ४ प्रो एसयूभी कार नेपाली बजारमा ल्याएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच कम्पनीले उक्तकार सार्वजनिक गरेकाे हाे । नेपालका लागि चेरी अटोमोवाइल्स् कम्पनी लिमिटेडको आधिकारिक वितरक एसपीजीले उक्त कार नेपाली बजारमा भित्र्याएकाे हाे ।

चेरी टिग्गो–४ प्रो एसयूभी तीन भेरियन्टमा उपलब्ध छन् । १.५ लिटर नेच्यूरल्लीएस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ ली नेच्यूरल्लीएस्पिरेटेड सीभीटी र १.५ ली टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन उक्त कारमा रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार च्यूरल्लीएस्पिरेटेड इन्जिनले अधिकतमपावर ८५ किलो वाट (११५ पीएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लिटर टर्बो चार्जड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पीएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ । नयाँ टिग्गो ४ प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाई, २६१० एमएम व्हीलबेस र १६७० एमएमको उचाई रहेको छ । टिग्गो ४ प्रोएसयूभीको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ ।

यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ । यसको मूल्य टिग्गो ४ प्रो ४६ लाख २० हजार, टिग्गो ४ प्रो ५२ लाख ५० हजार र टिग्गो ४ प्रो ५८ लाख ४० हजार रुपैयाँ पर्दछ ।

चेरी टिग्गो ४ प्रो एसयूभिको ईन्टेरिएर सरल र आकर्षक छ । यसमा डी–टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, ७ इन्च एलसीडी मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियरआर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रोएसयूभि मा पुश स्टार्ट बटन र पीइपीएस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभिमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयरव्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको छ । नयाँ टिग्गो प्रो एसयूभीले ईपीबीका साथै अटो होल्ड प्रविधि अपनाएको छ ।

टिग्गो ४ प्रो एसयूभिविभिन्न ६ रङ्गमा उपलब्ध छ । आइसीएक्स ब्लू, जेवेल रेड, नास्ड्याकसिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस, कार्बन क्रिश्टल ब्ल्याक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL