Logo

दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !

दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !



काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ को तयारी तीव्र बनाएको छ । ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँ छुटसहित दराजले ११.११ को चौथो संस्करण यही कात्तिक २५ (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरेको हो ।

आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको र तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलेर १४ हजारभन्दा धेरै नयाँ कर्मचारी, कस्टुमर केयर एजेन्ट र १००० ‘डेलिभरी हिरोज’हरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको जनाएको छ ।

यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्न लागेको कम्पनीले देशभरका ४७ भन्दा बढी शहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्न एक हजारभन्दा बढी डेलिभरी सवारीसाधनहरू पनि थप गर्ने भएको छ । साथै, सात लजिस्टिक पार्टनर्सहरुसंग साझेदारी गरी आफ्नो सिपिङ क्षमता पनि बढाएको छ ।

दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले सबै ग्राहक र विक्रेताहरूको लजिस्टिक अनुभव कसरी भन्नेबारे ध्यान केन्द्रित गरेको र लजिस्टिक सञ्चालनका मुख्य पक्षहरूलाई प्राथमिकता दिइएको बताए । यतिबेला वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्ण रूपमा तयार भएको पनि उनले उल्लेख छ ।

दराजले यस वर्षको संस्करण ११.११ बाट गत वर्षको रेकर्ड तोड्ने बताएको छ । बितेको एक वर्षमा दराजले आफ्नो डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न, लाइभ स्ट्रिमिङ मार्फत नयाँ नवीन अनुभवहरू सिर्जना गर्न, ग्राहकहरूलाई रिवार्ड पोइन्टहरू प्रदान गर्न र गठबन्धनहरू बनाउनमा ठूलो लगानी गरेको जनाएको छ ।

दराजले सम्पूर्ण ईकमर्स इकोसिस्टम विकास गर्न थुप्रै ब्रान्ड, मिडिया, डेलिभरी र पेमेन्ट पार्ट्नर्सहरूसँग साझेदारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL