Logo

३ महिनामा निर्यात उच्च भएपनि व्यापारघाटा ५८ प्रतिशतले बढ्यो, आयात पनि उकालो लाग्यो

३ महिनामा निर्यात उच्च भएपनि व्यापारघाटा ५८ प्रतिशतले बढ्यो, आयात पनि उकालो लाग्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज महिनासम्म नेपालको ब्यापारघाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको व्यापारघाटा गत बर्षको पहिलो ३ महिनाको तुलनामा ५८ दशमलव २८ प्रतिशतले बढेको हो ।

गत बर्षको पहिलो ३ महिनामा नेपालले २ अर्ब ६१ करोड २२ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

नेपालको निर्यात व्यापार बढिरहँदा पनि व्यापारघाटा उकालो लाग्ने क्रम भने रोकिएको छैन । भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा गत आवको ३ महिनाको तुलनामा निर्यातको व्यापार मात्रै १ सय ९ प्रतिशतले बढेको छ । अर्थात गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गरेको नेपालले यो बर्षको ३ महिनामा बढाएर ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै नेपालले यस अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागका अनुसार नेपालले पछिल्लो ३ महिनामा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा यसमा आयातको हिस्सा ८८ प्रतिशत छ भने निर्यातको व्यापारको हिस्सा जम्मा ११ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्