Logo

महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन तथा ‘नेसनल बिजनेस मिट–२०७८’ सम्पन्न

महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन तथा ‘नेसनल बिजनेस मिट–२०७८’ सम्पन्न



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखारउपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको ‘नेसनल बिजनेस मिट–२०७८’ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएका थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसै गरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरे भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए ।

सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आवभित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा युवासंग ‘महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवासंग महालक्ष्मी लाईफ’ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL