काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ । २०१८ सालमा अलिबाबाद्वारा कम्पनीको अधिग्रहण पछि, दराजको मुख्य उदेस्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ ।
यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफल मात्र नभई देशमा एक राम्रो ई–कमर्स पारितंत्रको निर्माण गर्न मद्दत पुर्याउने छ । यो उदेस्य फलदायी रहेको देखिन्छ किनकि हाल दराजले नेपालका ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको छ ।
नेपालको विविध भूगोलले दराज जस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइहरू प्रस्तुत गर्दछ । जस मध्ये, प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ । देशभरका प्रमुख शहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउदछ । येही मुद्दालाई सम्बोधन गर्नको लागी, दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरण कर्मीहरुसंग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ ।
यी वितरण कर्मी या “डेलिभरी हिरोजÞ“हरुले कम्पनीलाई कुनै पनी उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन् । हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू छन् । यी हबहरुबाट नै ग्राहकहरुको उत्पादनहरु वितरण गरिन्छ ।
डेलिभरी हब निम्नानुसार छन् ः
१. बिर्तामोड
२. विराटनगर
३. जनकपुर
४. बीरगंज
५. भरतपुर
६. पोखरा
७. बुटवल
८. धनगढी
९. भक्तपुर – सल्लाघारी
१०. काठमाडौं – पुरानो बानेश्वर
११. काठमाडौं – बालाजु
१२. काठमाडौं – गोपीकृष्ण
१३. काठमाडौं – न्यूरोड
१४. काठमाडौ – थसिखेल
१५. काठमाडौं – सोल्टिमोड
२०१८ सालमा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद संचालन (लोजिस्टिक अपरेसन) धेरै आधारभूत थियो । ठुलो रुपमा कार्यभार उठाउन सक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन । नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी “दराज एक्सप्रेसको“ रूपमा आफ्नै समाधान निकाल्यो । दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रण मार्फत ग्राहकहरुको लागी राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको छ ।