Logo

लस्कर फुडसले ल्यायो ‘कर्पोरेट लन्च अफर’, २५ प्रतिसतसम्म छुट

लस्कर फुडसले ल्यायो ‘कर्पोरेट लन्च अफर’, २५ प्रतिसतसम्म छुट



काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघररकार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडस यस अफर सँगै, अरु बिभिन्न अफरसमेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ ।

लस्कर फुडसले बिभिन्न समयमा अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आर्कषण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो ।

बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११–४७००५५४र ४७००५५३ , ९८८६५३८२६० कोर्पोरेट लन्च अफरको बारेमा बुज्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताए । लस्कर फुडस अनुप्रयोग ९एप० बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत ओस्ती बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL